नेका कार्यबाहक सभापति शुसिल कोइराला संग अन्तरक्रिया
अमेरिका को भ्रमणमा रहेका नेपाली कांग्रेश का कार्यबाहक सभापति शुसिल कोइराला संग गत शनिबार वासिंटन डी.सि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ! वासिंटन डी.सि बाट संचालित रेडियो रेडियो दोभानको आयोजना मा सम्पन्न उक्त कार्यक्रम मा ने का कार्यबाहक सभापति शुसिल कोइराला ले नेपाली कांग्रेश को इतिहास लाई केलाउदै राजसंस्था लाई संबिधान भित्र ल्याउने काम देखि १२ बर्से जना युध मा रहेका मावोबादी लाई राजनीतिको मुलधार मा ल्याउने काम पनि कांग्रेश ले नै गरेको बताएका थिय ! नेपाली कांग्रेश लाई प्रतिकुल समय हुदा हुदै पनि संबिधान सभा को निर्बाचन मा गइ मावोबादी लाई राजनीतिक पार्टीमा रुपान्तरण पनि नेपाली कांग्रेश ले नै गरेको उलेख गरेका थिय, साथै उनले नेपाली कांग्रेश सँधै सहमति ! शहकार्य र समजदारी अनुसार नै अगि बढी रहेको छ भन्दै सरकार भन्दा पनि संबिधान निर्माण लाई प्रमुख मुद्धा बनाएको पनि उल्लेख गरेका थिय , तेसै गरि उनले मावोबादी ले पुरानो सम्जौता लाई बिर्सेर अहिले पनि हत्या , हिम्शा, चंदा आतंक मचैरहेको कारणले देश मा यो स्थीति आएको उल्लेख गर्दै मावोबादी लाई नागरिक पार्टी हुन आग्ग्रह गरेका थिय !, रेडियो दोभान का अध्यक्ष नगेन्द्र पौडेल को सभापतित्यो मा सम्पना उक्त कार्यक्रम मा अमेरिका का लागि नेपाली राजदुत डा. शंकर प्रशाद शर्मा ले पनि मन्तब्य राखेका थिय , रेडियो दोभान का कार्यक्रम संचालक मुक्ति दवाडीले संचालन गरेको उक्त कार्यक्रम मा उपस्थित मह्नुभावहरुले कार्यबाहक सभापति शुसिल कोइराला लाई प्रश्न हरु पनि राखेका थिय ,छोटो समएमा आयोजित उक्त कार्यक्रम मा पनि उल्लेख्य उपस्थिति रहेको थियो , कार्यबाहक सभापति शुसिल कोइराला गत मंगलबार नेपाल फ़र्किसके का छन् ! |