जुन २०,२०१० बाल्टिमोर,अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरको नयाँ अध्यक्षमा सुभास घिमिरे सर्वसम्मत रुपमा चयन हुनु भएको छ । आइतवार यहाँ सम्पन्न च्याप्टरको अधिवेशनबाट घिमिरेको नेतृत्वमा सम्पूर्ण कार्य समिति नै निर्विरोध रुपमा चयन भएको हो । जसअनुसार उपाध्यक्षमा राजेन्द्रकुमार सेञ्चुरी,सचिवमा राजेन्द्र खड्का,सह सचिवमा अनुप खनाल र कोषाध्यक्षमा वासुदेव पराजुली रहनु भएको छ । ११ सदस्यीय कार्य समितिका सदस्यहरुमा महेन्द्र केसी,केमिका भण्डारी,राजेन्द्रमणी भण्डारी,कुलप्रसाद गुरुङ,सुरेन्द्रराज ढकाल र अविशेष लम्साल रहनु भएको छ । अधिवेशनको उद्घाटन नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य एवं मेरिल्याण्डमा अधिवेशनका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि रवीकिरण कोइरालाले गर्नुभएको थियो । प्रमुख अतिथि कोइरालाले एकतालाई बल पुर्याउन मेरिल्याण्ड च्याप्टरको अधिवेशनले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । समितिका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख चित्रा केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा तयारी समितिका केन्द्रीय सदस्य एवं सूचना तथा प्रचार संयोजक गौतम दाहालले केन्द्रीय समितिका संयोजक खगेन्द्र जी सी तथा समितिका पूर्व अध्यक्ष आनन्द विष्ट र डाक्टर सुरेन्द्रराज देवकोटाको शुभकामना सन्देश सुनाउँदै अधिवेशनका लागि तयारी समितिका पदाधिकारीहरुले देखाएको सक्रियता र संगठनप्रतिको प्रतिवद्धताको सह्राहना गर्नुभयो । अधिवेशन सफलताका लागि जनसम्पर्क समितिका केन्द्रीय सदस्य श्रीमती प्रभा शर्माले पनि अतिथिको रुपमा शुभकामना व्यक्त गर्नुभएको थियो । तयारी समितिका सचिव सुभास घिमिरेले सञ्चालन गरेको कार्यक्रमका सहभागीहरुलाई तयारी समितिकै सदस्य वासुदेव पराजुलीले स्वागत र समितिकै अर्की सदस्य रबिना थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जेदु पोखरेल,भुवनेश्वरी बञ्जाडे र पशुपति बञ्जाडेले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । आनन्द घिमिरेको संयोजकत्वमा शिव विष्ट र सन्तोष घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पुरा गरी अधिवेशन सम्पन्न गरेको हो । नेपाली जनसम्पर्क समिति,अमेरिकाको आगामी केन्द्रीय महाधिवेशनका लागि यसै अधिवेशनबाट विभिन्न ३० जना महानुभावहरु केन्द्रीय प्रतिनिधिका रुपमा चयन हुनु भएको छ । यसरी महाधिवेशन प्रतिनिधि चयन भएकाहरुमा जेदू पोखरेल,आनन्दकृष्ण घिमिरे,चित्रा केसी, गौतम दाहाल, सुभाष घिमिरे, राजेन्द्र खड्का,हितमान गुरुङ,केमिका भण्डारी,रबिना थापा,भुवनेश्वरी बञ्जाडे,अनुप खनाल,जसमति गुरुङ,नारायण कँडेल,कृष्णप्रसाद कँडेल,राजेन्द्रमणी भण्डारी,जितेन्द्र श्रेष्ठ,शिव कँडेल,अमृत कार्की,सतिश चापागाईं,युवराज सिग्देल,धिरेन्द्रप्रसाद पराजुली,विष्णु कँडेल,तरुण पौडेल,मञ्जु गुरुङ, राजेन्द्रकुमार सेञ्चुरी,भरत बराइली,मुकुन्द दाहाल,पृथ्वी गुरुङ र सुरेश कोइराला रहनु भएको छ । |