नेपालमा गणतन्त्र दिवसको भव्य तयारी भइरहँदा वासिंटन डीसीमा गणतन्त्र दिवसका अवसरमा बिहीबार रात्रिभोजको आयोजना भएको छ । अमेरिकास्थित नेपाली राजदुतावासले गरेको रात्रिभोज कार्यक्रममा राजदुत शंकर शर्माले सबै आमन्त्रितहरुलाई स्वागत गर्नुभयो । राजदुत शर्माले स्वागत भाषणका क्रममा बलिदान गर्ने शहीदहरुको स्मरण गर्दै नयाँ संविधान समयमै बन्ने आशा व्यक्त गर्नुभयो । रात्रिभोजमा विश्व बैंकमा कार्यरत नेपालीहरु तथा शुभेच्छुक, अन्तरराष्ट्रिय मुद्रा कोषमा कार्यरत नेपालीहरु, विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु तथा संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो |